१४ श्रावण २०७३, शुक्रबार

टर्कीमा तीन वरिष्ठ व्यापारीहरु पक्राउ परेका अधिकारीहरुले शुक्रबार जनाकारी दिएका छन । ती तीन व्यापारीहरु गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा सहभागी भएको आरोप पक्राउ परेका बताइएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान सरकारले गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा फेतुल्लाह आतङ्ककारी सङ्गठन ९फेटो० सहभागीता रहेका आरोपमा पक्राउ गर्ने क्रममा जारी राखेको छ ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका टर्कीका धार्मिक नेता फेतुल्लाह गुयनसँग आवद्धता भएका भन्दै टर्की सरकारले सेना, पत्रकार, कर्मचारी र व्यापारीलाई पक्राउ पुर्जीको आदेश जारी गर्ने क्रम जारी राखेको छ । फतुल्लाह गुयन प्रमुख नेतृत्वमा गत जुलाई १५ मा टर्कीमा असफल सैनिक विद्रोह भएको थियो ।

त्यसपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको हो । हालसम्म यस विद्रोहमा सहभागी रहेको आरोप १६ हजार व्यक्ति पक्राउ परिसकेका छन् ।

टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसँग कुनै न कुनैरूपमा सम्बन्ध राखेको आशङ्कामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजार भन्दाबढी निजामती कर्मचारी निलम्बन परिसकेका छन् । रासस÷एएफपी

LIVE TV