१४ श्रावण २०७३, शुक्रबार

नायिका दिपीक पादुकोण यस समयमा आफ्नो डेब्यु हलिउड फिल्म त्रिपल एक्सःद जेण्डर केजलाई लिएर निकै उत्साहित छिन् । अहिले भर्खरै पनि दिपीकाले उक्त फिल्मको सुटिङको दौरानमा खिचिएको एक भिडियो फेसबुकमा सेयर गरेकी छिन् । उनले सेयर गरेकी भिडियोमा दिपीकालाई भिन डाईसेलले अँगालोमा उठाएका छन् । साथै भिडियोमा फिल्म सुटिङको केहि सिनहरु देख्न सकिन्छ ।

deepika_sm_650_072816063039
भिडियोमा दिपीकाले एक्शन गर्दै गरेकी देखिन्छिन्, जुन उक्त फिलमको ट्रेलरमा समाबेश भएको छ । त्रिपल एक्स फिल्ममा दिपीकाले सेरेना को भुमिकामा अभिनय गरेकी छिन् । भर्खरै मात्र रिलीज गरीएको उक्त फिल्मको ट्रेलरले अहिले निकै नै दर्शकहरुको मन जितीरहेको छ ।
अहिले सम्ममा उक्त पिवmल्मको ट्रेलर २० लाख भन्दा बढि हेरीसकेका छन् । फिल्मलाई डिजे क्रुसोले निर्देशन गरेका हुन् । उक्त फिल्म भने २०१७ को जनावरीमा दर्शक माझ रिलीज हुनेछ ।

514039-dindipi

LIVE TV