१३ श्रावण २०७३, बिहीबार

संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथिको छलफलमा भाग लिने क्रममा व्यक्त गरेका भाषा, शैली र तर्कका कारण एकाएक चर्चामा आउनु भएका संविधानसभाका पुर्व अध्यक्ष एवं नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न दलहरु मिल्नुको बिकल्प नरहेको बताउनु भएको छ । न्युज २४ टेलिभिजनका लागि टिभी जर्नलिष्ट दीपक बोहरासंग कुरा गर्दै उपनेता नेम्वाङले सबै दल संविधानको डुङगामा सवार रहेका र संविधान कार्यान्वयन नभए ठुलो दुर्घटना हुने आंशका व्यक्त गर्नुभयो ।

LIVE TV