१३ श्रावण २०७३, बिहीबार

सप्तरीको तिलाठी गाविस स्थित दशगजा हुँदै भारत तर्फ वग्दै आएको खाँडो नदीमा भारतले वाँध बाधेपछि अहिले सप्तरीबासी डुबानको समस्या भोग्न बाध्य छन् ।


राजविराज कुनौली सडक खण्डको तिलाठीस्थित खाँडो पुलदेखि दक्षिणी भेग हुँदै भारत तर्फ वग्ने गरेको खाँडो नदीमा भारतीयहरुले वाँध बाँधेको कारण सप्तरीवासीले डुबानको समस्या भोगेका हुन् । बाँधको कारण तिलाठी, रम्पुरा मल्हनियाँ, सकरपुरा, लौनियाँ, मधेपुरा सहितका गाविसहरु डुवानमा परेको भन्दै स्थानीयहरुले आक्रोश पोखे ।
बाँधको कारण बर्षेनी डुबानको समस्या भोग्दै आएका स्थानीयहरुले सरकारलाई बाँधको बारे जानकारी गराएपनि केही पहल नभएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका हुन् ।

LIVE TV