१३ श्रावण २०७३, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा संविधान कार्यान्वयनको चुनौती भएको भन्दै यसको लागि सबै दलका नेताहरु मिलेर जाने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सबै दलका नेताहरुले समयको महत्व बुझेर यथाशिघ्र संविधान कार्यान्वयन गर्ने तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।


विश्वव्यापि शान्ति महासंघ र शंसदिय शान्ति परिषदको समन्वयमा आयोजना गरिएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले समयको महत्व बुझन जरुरी रहेको भन्दै अहिलेको समय संविधान कार्यान्वयन भएको बताउनुभयो । उहाँले स्थानिय निकायको चुनाव र तीन तहको चुनावहरु गराउन ढिला गर्न नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार अहिले कामचलाउ भएपनि आफु सरकारमा रहँदा सम्म संविधान कार्यान्वयन गर्दा आउने चुनौतीहरुको सामना गर्न तत्पर रहेको बताउनुभयो ।

LIVE TV