१३ श्रावण २०७३, बिहीबार

नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि हुन थालेको छ । पुर्वका विभिन्न जिल्लामा व्यावसायीि रुपमा किवी खेति गरिदै आएकोमा केही वर्ष यता पश्चिमी पहाडमा पनि गर्न थालिएको हो ।

फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । कृषि विकास कार्यालय बागलुङका अनुसार धौलागिरिका बागलुङ,पर्वत म्याग्दी लगायत पश्चिमका धेरै जिल्लाहरुमा यसको व्यावसायिक खेती गर्न थालिएको हो । बाग्लुङमा सबैभन्दा पहिले ग्वालीचौरका किसान मेयरसिँह पाइजाले २०५७ सालमा इलामबाट ल्याएर रोपेको विरुवामा २०६३ सालदेखि फल लागेको थियो । पूर्वमा राम्रो फल्ने र कमाई हुने भनिएपनि पश्चिमी पहाडमा त्यस्तो नदेखिएका कारण व्यवसायीक रुपमा खेती नगरिएपनि आजभोली यसको व्यावसायीक खेती सुरु भएको पाइजाले बताउनुभयो ।

विश्व बजारमा किवीको माग अत्याधिक भएकाले आफूलेपनि व्यावासीक खेती गर्न थालिएको बागलुङ बुर्तिवाङका किसान राजेन्द्र पुनको भनाई छ । दुई वर्ष अगाडि जिल्ला कृषि विकास कार्यालय बागलुङबाट ल्याएर रोपेको विरुवामा फल्न लाग्न थालेपछि आफू व्यवसायीक किवीको खेती गर्न लागेको उहाँको भनाई छ ।

उहाँको बारीमा अहिले एक सय ७५ वटा विरुवा हुर्किरहेका छन् । परीक्षणकै लागि लगाईएको एउटा बोटबाट ५०–६० केजी किवी फलेपछि अन्य किसानहरुपनि आकर्षित बनेका छन् । यतिबेला बागलुङका बुर्तिवाङ, ग्वालीचौर, भकुण्डे, तित्याङ लगायतका गाविसहरुमा किवी खेती गर्न थालिएको छ । किवी खेती विस्तारका जिल्ला कृषि विकास कार्यालय बागलुङले वर्षेनी ८ सय देखि एक हजार विरुवा अनुदानमा विक्री गर्दै आइरहेको छ । पहाडी भुभागको एक हजार पाँच सय मिटरदेखि दुई हजार मिटरम्मको उचाईमा राम्रो हुने किवी माघ महिनामा रोपिने जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत विम्लब अधिकारीले बताउनुभयो ।

जिल्लामा किवी खेती गर्ने चाहाने कृषकलाई कार्यलयले बिरुवा तथा प्राबिधिक सहयोग गर्ने गरेको उहाको भनाइ छ ।

LIVE TV