१३ श्रावण २०७३, बिहीबार

बक्राहा खोलाले तटबन्ध भत्काएर गाँउ पसेपछि मोरङको विभिन्न स्थानमा धान खेती डुबानमा परेको छ । जिल्लाको हसन्दह, अमरदह, गोविन्दपुर लगायतको क्षेत्रमा करिब १ सय बिगहा र बक्राहा सुनसरी खोलाले मोरङको मधुमल्लामा करिब ५० बिगहा धान खेती बालुवाले पुरिदिएको छ ।


यसैगरि हसन्दहदेखि डायनिया रंगेलीसम्म करिब ९ किलोमिटर दक्षिणसम्म ५ हजार बिगहा जग्गामा लगाइएको धान खेती अझै डुबानमा परेको जिल्ला कृषि विकास कार्यालय विराटनगरले जनाएको छ । धान खेती बाढीको डुबानमा परेको भएपनि पानी सुकेमा धान उत्पादनमा कुनै कमी नआउने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो ।
मोरङमा अहिलेसम्म ९० प्रतिशत धान रोपाई भईसकेको छ । गत वर्ष ७८ हजार हेक्टरमा धान खेती गरिएकोमा यस वर्ष समयमा वर्षा भएकाले ८५ हजार हेक्टर सम्ममा धान खेती हुने अनुमान गरिएको थियो । पानीको डुबान भएको क्षेत्रमा पुनः धान खेती गर्न सकिने भएकाले बीउ नमास्न कृषकहरुलाई जिल्ला कृषि विकास कार्यालय विराटनगरले आग्रह गरेको  छ ।

LIVE TV