१३ श्रावण २०७३, बिहीबार

रुकुम जिल्लाको हुकाम–८ का सुरज शाही अहिले पनि शरीरका विभिन्न भागमा गोलीका र्छरा बोकेर हिडेका छन् । तत्कालीन समयमा माओवादीको मिलिसिया हुदै जनसेनामा कार्यरत शाही सेना र माओवादी लडाकुबीच रुकुमको खारामा भएको दोहोरो भिडन्तमा शरीरका विभिन्न पाँच ठाउँमा गोली लागेर गम्भीर घाईते भएका थिए । तर आर्थिक अभावमा उपचार गर्न नसक्दा अहिले पनि शरीरमा गोली बोकेरै बस्न बाध्य भएका छन् ।


देश र समाजलाई परिवर्तन गर्छु भन्दै युद्धमा होमिएका रुकुम हुकामका सुरज शाहीले युद्धकै क्रममा ज्यानको बाजी थापे । युद्धका क्रममा गोली खाए । युद्धविरामपछि उनी संलग्न पार्टी माओवादी सरकारमा समेत पुग्यो । नभन्दै मुलुकमा धेरै राजनीतिक परिवर्तन भए । तर सुरजको जीवनमा भने अहिलेसम्म आशाको एक पसार सुरजको किरणसम्म लाग्न सकेको छैन ।  उनले उपचारमा आफैंले सकेको प्रयास गरे । त्यसक्रममा धेरै रकम सकाए पनि । तर गोली निकाल्ने थप रकम अभाव हुँदा ज्यानै जोखिममा पारेर हिड्नुपरेको उनले बताए । दुवै खुट्टा, टाउको र शरीरका अन्य भागमा गरी पाँचवटा गोलीको छर्रा देखाउँदै शाहीले पटक–पटक जिल्लादेखि केन्द्रसम्म उपचारमा सहयोगको अनुरोध गर्दा पनि बेवास्ता गर्ने गरेको दुखेसो पोखे । माओवादीका ठुला–ठुला आक्रमणमा समेत सहभागि भएका शाहीलाई आफ्नै कमाण्डर उपराष्ट्रपतिको पदमा पुग्दा समेत कुनै पनि सहयोग नभएकोमा चित्त दुखाइ रहेको बताए । बाइट
रुकुमको खारा, म्याग्दीको सदरमुकाम बेनी, बुटवल, पाल्ला सहित दर्जनभन्दा धेरै आक्रमणमा सहभागि भएपनि समायोजनमा शरीरमा गोली लागेकै कारण अयोग्य भएको समेत उनले बताए । करिव ८ बर्ष प्रत्यक्ष यूद्धमा सहभागि भएपनि जिल्लातहका नेताहरूले राहत दू्रुपयोग गरेको उनले आरोप लगाए । अहिले उनी खर्चको जोहो गर्न बेनीको कालिपुलस्थित  होटल रावल एण्ड रेष्टुरेन्टमा काम गरिरहेका छन् । शाहीले  सशस्त्र युद्धमा घाईते भएकालाई उपचारको व्यवस्था भएमा थोरै भए पनि द्वन्द्वको घाउ मेट्न सकिने बताए । शरीरमा गोलीसँगै यूद्धको क्रममा आगोले समेत पोलेको उनले सुनाए ।
द्धन्द्ध पीडितका लागि सरकारबाट प्राप्त हुने सहयोग समेतथ हुनेखाने बर्गको पहुँचमा पुगेको आरोप लगाउँदै उनले परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका रकम जुटाउन नसक्दा शरीरभरि गोलीको छर्रा बोकेर जोखिमयुक्त जीवन बाँच्न परिरहेको  बताए ।

LIVE TV