
बाँझो सपना
बालुवाको रारा तालमा कमलका पातहरु जस्तै
पैसा तैरिरहेको देख्ने आँखाहरुले,
नदेखेका होलान र?
मकैका बोटहरुले घोघा बोकेजस्तै,
तामाको हत्तर बोक्ने कम्मरहरुमा,
आफ्नो मायाँको चिनो फुलेको सपना?
अभाव थुप्रिएर अपि र सैपाल बनेपछी,
भोको पेटले खैलाबैला गर्न थालेदेखी,
बुद्दकै आँखामा पनि शान्ति नभेटेर,
हावामा पौडीने डुङ्गा चढेर,
पसिना बेचेर पैशा किन्न आएको जवान,
आशाहरु बन्धक राखेर आँसुकै रारा बनाईरहेछ।
अनि
कसरि रङ्गिन्छन् त यि बेरङ्ग गुराँसहरु?
कसरि उर्बर हुन्छन् र यि टारिखेतका गह्रा जस्तै
बाँझो यौबनाको कोख?
सगरमाथा भन्दा अग्लो लाग्ने
असिऔ तलाको भित्ताहरुमा,
लालीगुरास भन्दा रातो,
जवानि को लाली पोत्न बिबस
हजारौ जोडी अण्डकोसहरु
अरबको मरुभुमीमा गुम्सिएर बसेपछी।
- सुमन काले