१२ श्रावण २०७३, बुधबार

सुनसरीको सीमावर्ती गाविसका जनताहरु गाईवस्तु चोरीबाट हैरान भएका छन् । भारतीय चोर डाँकाहरुले लुटेर लगेको आफ्नै गाईवस्तु किन्नुपर्ने बाध्यताले उनीहरुलाई पीडित बनाएको हो ।

ASFAEF
खुला सीमाका कारण सुनसरीको कप्तानगंज, देवानगंज, साहेबगंज, अमडुवा, धुस्की लगायतका सिमावर्ती गाविसका जनताहरु औंसीका रातहरुमा गाईवस्तु चोरी हुने डरले रातभरी जाग्राम बस्ने गरेका छन् । कप्तानगंज वडा नंं. २ का फनिलाल मेहता आफ्नै ३ वटा गाईवस्तु भारतीय सिमावर्ती गाँउ अचरावादबाट डाँकाहरुलाई ५० हजार रुपैया तिरेर फर्काएको दुखेसो पोख्छन् ।
सुनसरीको सिमावर्ती गाँउहरुमा हाकाहाकी दर्जनौं गाईवस्तु चोरीको घटना भईरहदा समेत स्थानीय प्रहरीहरु भने उजुरी नआएको भन्दै चुपचाप छन् । गाँउलेहरुले भने स्थानीय मध्यस्थकर्ता मार्फत चोरी भएको आफ्नै चौपायाहरु उल्टो पैसा तिरेर भारतीय गाँउबाट फर्काउने गरिरहेका छन् । चौपाया चोरी हुने यो पहिलो घटना भने होईन बषौं देखि यी गाँउहरुमा चौपाया चोरी हुने क्रम जारी छ ।
खुला सीमाका कारण वर्षेनी दर्जन भन्दा बढी गाईवस्तु चोरी घटना भएपनि चोरी नियन्त्रणका लागि स्थानीय प्रहरीले सहयोग नगरेको स्थानीयहरुको गुनासो छ ।

LIVE TV