१२ श्रावण २०७३, बुधबार

13880197_986094394822012_3024944261006629263_n

काठमाडौमा रहेका सोलुखुम्बुका लोखिमबासी किरात थुलुङ राईहरुले  स्थानीय निकाय पुनसंरचना अन्तर्गत गाँउपालिका सिमाकंनबारे छलफल गरेका छन् । छलफलमा सहभागीहरुले आदिवासी किरात थुलुङ राईहरुको क्लष्टरलाई समेटेर गाँउपालिका निर्माण हुनुपर्नेमा जोड दिए । यसो नभए जस्तोसुकै संघर्ष गर्न आफुहरु तयार रहेको बताए ।
स्थानीय निकाय (गाँउपालिका र नगरपालिका) को पुनसंरचना हुदै गर्दा सोलुखुम्बु जिल्लालाई अधिकतम ७ वटा स्थानीय निकायमा पुनसंरचना गर्ने प्रस्ताव भएकोमा पहिचान, सामाथ्र्य र आर्थिक विकासको सम्भावनाको आधारमा आदिवासी किरात थुलुङ राईहरुको उद्गम स्थल र सघन बसोबास रहेको क्षेत्र÷गाविसहरु मुक्ली, लोखिम, जुबु, देउसा, कांगेल र पंचनलाई मिलाई एक गाँउ पालिका बनाउनु उत्तम हुनेर त्यसको लागि त्यो क्षेत्रमा क्रियाशिल राजनीतिक प्रतिनिधी र सामाजिक अगुवाहरुले पहल गर्नुपर्यो निष्कर्ष निकालेका छन् ।
यसका लागि प्रस्तावित क्षेत्र (गाविस) का राजनीतिक दलका प्रतिनिधी, सामाजिक तथा जातीय संघसंस्थाका अगुवा र सरोकारवालाहरुसग छलफल, संवाद र अन्तरक्रिया तिव्रताका साथ अघि बढाउने समेत निर्णय गरेको अभियानमा संलग्न राम किरण राई बताउँछन् । ति क्षेत्रहरुलाई मिलाई गाँउपालिका निर्माण गर्न जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको पनि उनि बताउँछन् । अभियानका अर्का सदस्य अबि राईले “राज्यसत्तामा पहुँच नभएकै कारणले यस क्षेत्र र हाम्रो समुदाय पछि परेको हो । यहिबेला पनि हामी सचेत भएर लागेनौ भने फेरि उही व्यथा दोहोरिने निश्चित छ”उनले बताए ।

LIVE TV