१२ श्रावण २०७३, बुधबार

मोरङका बाढी पीडितहरुले सरकारले पर्याप्त राहत उपलब्ध नगराएको गुनासो गरेका छन् । स्थानीय विद्यालयहरुमा आश्रय लिईरहेका बाढी पिडितहरुले विभिन्न संघसंस्थाहरुले अहिले सम्म चिउरा, भुजा, प्याज र खुर्सानी मात्र उपलब्ध गराएकाले गुजारा गर्न मुश्किल भएको बताएका छन् ।

afase
बाढी पििडतहरुमा अधिकांश बालबालिकाहरु रहेको र उनीहरुलाई छिमेकीहरुबाट मागेर   भात ल्याएर ख्वाउने गरेको बताएका छन् । मोरङमा करिब १ हजार ५ सय परिवार बाढीका कारण विस्थापित भएकोमा ८५० परिवारलाई मात्र राहत उपलब्ध गराउन सकिएको नेपाल रेडक्रस सोसाइटी विराटनगरले जनाएको छ । अन्य विस्थापितहरु सम्म राहत पु¥याउन नसकिएका रेडक्रसले जनाएको छ । रेडक्रसले विभिन्न संघ संस्थाहरुबाट उपलब्ध गराइएको चिउरा, चाउचाउ, भुजा, विस्कुट, नुन र पानी वितरण गर्ने गरेको छ ।
बाढी पीडितहरुलाई राहत वितरण गर्न लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए वनले बुधवार एक कार्यक्रमका बीच करिब ५ लाख रुपैया बराबरको चिउरा, भुजा, प्याज, खुर्सानी, नुन, चाउचाउ र बिस्कुट प्रमुख जिल्ला अधिकारी तोयम राय मार्फत रेडक्रसलाई हस्तान्तरण गरेको छ ।

LIVE TV