१२ श्रावण २०७३, बुधबार

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा कुनै पनि हालतमा एमाले सहभागी नहुने दाबी गर्नुभएको छ । उहाँले एमाले अब सशक्त प्रतिपक्षको भूमिका रहने पनि प्रष्ट पार्नुभयो ।


बुधबार राजधानीमा आयोजित साक्षात्कारमा सचिव ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बन्न लाग्दा भारतीय मिडियाहरुमा छाएको खुसियालीले देशको हुर्मत काटेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एक हप्ताभित्र माओवादी अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गर्नुभयो । उहाँले नयाँ सरकारले स्वभाविक रुपमा आन्दोलनरत मधेशी मोर्चाका मागहरुलाई सम्बोधन गर्नेगरि काम गर्ने बताउनुभयो ।
साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता मणि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आवश्यकत्ता भएको उल्लेख गर्दै आफ्नो पार्टीको नेतृत्वमा बन्ने नयाँ सरकारले अन्र्तराष्ट्रिय शक्ति सन्तुलन कायम गर्ने, संविधान कार्यान्वयन चुस्तदुरुस्त गतिमा अघि बढाउने दाबी गर्नुभयो ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले आफूहरुको लागि सरकार महत्वपूर्ण नभएको स्पष्ट पार्नुभयो ।

LIVE TV