१२ श्रावण २०७३, बुधबार

फिल्म रीलिजकालागि साउन ,भदौ र असोज पहीले देखीनै निर्माताकोे रोजाईमा पर्ने गरेका छन । यस बर्ष पनि साउन साउन२१ ,भदौ १७ ,असोज २१ रीलिजको लागि रोजाईमा परेका रीलिज डेट हुन । यो डेटभन्दा तल र माथिका रीलिज डेट केही खुकुलो भएको देखीएता पनि यि डेटमा भने फिल्महरुको प्रतिस्पर्धा चर्कै देखीएको छ । बजारले थेग्ने भन्दा फिल्महरुको चाप धेरै हुन थाले पछि निर्माता आफै केही सचेत हुन खोजे जस्तो देखीन्छ ।

sdsf

यस्तै कुरालाई मध्य नजर गर्दै रेलिमाईले आफ्नो रीलिज डेट तोकेको भन्दा एक साता अघि ल्याएको छ भने फिल्म झुम्कीले भदौको रीलिज डेटलाई असोजमा पुराएको छ । अन्य केही फिल्महरु पनि आ आफ्नो फिल्मको रीलिज डेटलाई तलमाथि गर्न लागि परेका छन । एउटै रीलिज डेटमा धेरै फिल्म जुध्नु भन्दा केही साता तलमाथि गरी फिल्म रीलिज गर्दा निर्माताको ब्यबशायिक सम्भाबना त राम्रो हुन्छ नै दर्शकले पनि छानि छानि फिल्म हेर्न पाउने छन ।

LIVE TV