११ श्रावण २०७३, मंगलवार

जामुने गाविस–१ गुणादीमा आज साँझ बस र कार एक आपसमा ठोक्किदा १३ यात्रु घाइते भएका छन् ।

पोखराबाट दमौली आउँदै गरेको ग ८ च २२६२ नं को कार र विपरित दिशातर्फ जाँदै गरेको ग १ ख ४०२२ नं को बस एक आपसमा ठोक्किएको हो ।

घाइतेमध्ये गम्भीर रहेकी व्यास–११ की प्रमिला गुरुङ र भिमाद–१ का ४३ वर्षीय राजु भण्डारीलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भक्तपुर निवासी सुशील राउतले मादक पदार्थ सेवन गरी चलाएको कारलाई जोगाउन खोज्दा कारसँग बस ठोक्किएर ३० फिट तल खसी दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । रासस

LIVE TV