११ श्रावण २०७३, मंगलवार

बालगृह भित्र रहेका बालबालिकाहरुलाई संरक्षण मात्रै नभई सर्वाङ्गीण विकासका लागि ध्यान दिन चितवनमा विज्ञहरुले सुझाव दिएका छन् । बालगृहले सर्वाङ्गीण विकासका लागि ध्यान नदिदा विभिन्न समस्या देखिएको उनीहरुको कथन थियो ।


बालगृह सञ्जाल नेपाल (सिनेट) को आयोजनामा चितवनमा आयोजित रणनीति कार्यशाला गोष्ठीका सहभागी विज्ञहरुले यस्तो बताएका हुन् । देशभर रहेका बालगृहमा रहेका बालबालिकाहरुको अधिकारका लागि दुई बर्ष रणनीति तयार गर्दै उनीहरुले सरकारद्धारा जारी मापदण्ड अनुसार सञ्चालन गर्न नसकेका बालगृहलाई आवश्यक सुधारका लागि सरकारसगं माग समेत गरे ।
गोष्ठीमा राष्ट्र संघको दिगो विकास लक्ष्यसँग सम्बन्धित रहेर बालबालिकाको युवा विकासका लागि काम गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । सिनेटका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सुरु भएको कार्यशालमा डा.डम्बरबहादुर नेपाली, रविन नेपाली, खगेन्द्र नेपाल, सुमित्रा श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो । हाल देशभर ५ सय ९० बालगृहरु सञ्चालनमा रहेका छन् ।

LIVE TV