११ श्रावण २०७३, मंगलवार

बर्षायाममा बिभिन्न भागमा बाढी पहिरोले पानी जम्मा भएर धेरै रोगहरुको संक्रमण बढ्न थालेको छ । इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्षको वर्षातमा नयाँ रोग समेत देखिएको छ । महाशाखाका अनुसार जनावरबाट मानिसमा सर्ने ल्यापटोस्पाइरोसिस नामक नयाँ रोग देखा परेको हो ।

नेपालमा भर्खरै देखिएको यो नयां रोगको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ । २ बर्ष आगाडि इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कास्की जिल्लामा गरेको अध्ययन अनुसार ज्वरो आएको २० प्रतिशत व्यक्तिमा ल्याप्टोस्पाईरोसिस् देखिएको थियो । त्यही वर्ष रुपन्देहीमा समेत यो रोग देखिएको थियो ।
सुख्खा खोकी लाग्ने,ज्वरो आउने,टाउको दुख्ने,जिउ दुख्ने,वाकवाकी लाग्ने,पखाला लाग्ने,काम ज्वरो आउने जस्ता लक्षणहरु ल्याप्टोस्पाईरोसिस् रोगका लक्षण हुन् । अहिले मुलुकको बिभिन्न भागमा बाढी आउने,पहिरो जाने र तराइ क्षेत्रमा पानी जम्ने भएकोले यो रोगको जोखिम उच्च रहेको इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाइ छ ।
जनावरको दिशापिसाबको माध्यमबाट ल्यापटोस्पाईरोसिस्को ब्याक्टेरिया बर्षायाममा जम्मा भएको पानी आउँने र त्यो पानीमा खालि खुट्टा हिड्दा खुट्टा फुट्ने,हिलोले खाने,खुट्टा चिरा चिरा पर्ने हुन्छ । त्यही चिरा परेको खुट्टाको भागबाट यो रोगको ब्याक्टेरिया मानिसको शरीरभित्र प्रवेश गर्ने विशेषज्ञहरु बताउँछन् । यो रोग लागे शुरुमा ज्वरो आउने र कतिपय अवस्थामा मानिस बेहोसै भएर आइसीयुमा राखेर उपचार समेत गर्नु पर्ने हुने महाशाखाका प्रमुख डा बाबुराम मरासिनी बताउनुहुन्छ ।
यो रोग सुरुकै अवस्थामा पहिचान गर्न सके छिट्टै रोग निको हुने चिकित्सकको भनाइ छ । जनकपुर लगायत तराईका जिल्लाहरु र सेती अंचलका अस्पतालहरुमा यो रोगको परीक्षणका लागि अवश्यक उपकरण इपिडिमियोलोजीले पठाउदै आएको छ । मुलुकभर पछिल्लो समय अविरल वर्षाले बाढी र पहिरोको घट्नासँगै ल्याप्टोस्पाइरोसिस रोगको जोखिम समेत बढेको छ । त्यसैले नयाँ रोग फैलिनु अगावै सरकारले समयमै नागरिकको स्वास्थ्यप्रति प्रभाबकारी पाइला चाल्नु आवश्यक छ । अझ त्यो भन्दा पहिले नागरिक आफैं आफ्नो र परिवारको स्वास्थ्यमा सचेत रहनु बुद्दिमानी ठहरिन्छ ।

LIVE TV