११ श्रावण २०७३, मंगलवार

अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

download

बिहान ९ बजेबाट सडकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग दिउँसो ४ बजेबाट एकतर्फीरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जा र कास्कीको सिमाना कुभिण्डेमा झन्डै ५० मिटर पुरिने गरी गएको पहिरो स्थानीय प्रहरी र सडक डिभिजन कार्यालय कास्कीको स्काभेटरको सहयोगमा सात घन्टापछि खुलाइएको हो ।

सडक खुलेसँगै अहिले रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । दोहोरो बाटो खुलाउन अझै केही घन्टा लाग्ने प्रहरीले जनाएको छ । रासस

LIVE TV