११ श्रावण २०७३, मंगलवार

व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि छलफलमा बोल्ने क्रममा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले अशिष्ट भाषा प्रयोग गरेपछि सभामुख ओनसरी घर्तीले उहाँको त्यस भनाईलाई अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।


सांसद चौधरीले एमालेका उपनेता सुवास नेम्वाङलाई ग्याङको नेता भनी सम्बोधन गरेपछि एमालेका सांसदले उठेर नियमापत्ति गर्नुभएको थियो ।
त्यसपछि सभामुखसँग समय लिई एमालेका कृष्णभक्त पोखरेलले चौधरीले अर्मयादीत भाषा प्रयोग गरेको भनी आलोचना गर्नुभएको थियो । वैठकमा सभामुख घर्तीले सबै सदस्यलाई शिष्ट र मर्या्दित भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो ।

LIVE TV