११ श्रावण २०७३, मंगलवार

बङ्गलादेशको राजधानी ढाकाको कल्याणपुर इलाकामा लुकेर बसेका सशस्त्र बिद्रोहीको अखाडामा आज सरकारी सुरक्षाबलले छापा मारेका थिए ।

सुरक्षाबलले जारी राखेको सो कारबाहीमा नौ जना आतङ्ककारीको मृत्यु भएको छ ।

घटनास्थलमा भारी परिमाणमा ग्रिनेड र अन्य बिस्फोटक पदार्थ बरामद हुनुका साथै केही आशङ्कित सशस्त्र विद्रोहीलाई पनि पक्राउ गरिएको छ ।

समाचार स्रोतका अनुसार कल्याणपुर बजार इलाकामा रहेको एउटा अपार्टमेन्ट भवनमा सशस्त्र आतङ्ककारीहरु लुकेका बसेका सुराकी प्रहरी पाएको थियो ।

सोही आधारमा खोजी गर्दै जाँदा अखाडा जमाइ बसेका ती आतङ्ककारीहरु फेला परेपछि सशस्त्र प्रहरी र रापिड याक्सन बटालियनका जवानहरुको संयुक्त टोलीले बिहान सांढे पाच बजे तिर भवनलाई घेरा हाली आक्रमण गरेका थिए ।

त्यसैगरी सो अपार्टमेण्ट भवनबाट सुरक्षाकर्मीले ठूलो परिमाणमा जिहादी पर्चाहरु तथा सञ्चार साधनका विभिन्न उपकरणहरुसमेत जफत गरेका छन् ।

छापा मार्ने क्रममा सशस्त्र विद्रोहीले सरकारी सुरक्षाकर्मी उपर हस्तनिर्मित ग्रिनेड बम र गोली प्रहार गरी केही बेर दोहोरो भिडन्तसमेत भएको जनाइएको छ ।

तर सुरक्षाकर्मीतर्फ के कति हताहति भयो सो भने खुल्न सकेको छैन । उक्त घटनाको विस्तृत बिबरण आउन बाँकी रहेको जनाइएको छ । रासस÷सिन्ह्वा

LIVE TV