११ श्रावण २०७३, मंगलवार

रेडन्श सिने आर्टको ब्यानरमा रोज राणाको डेब्यु निर्देर्शीत फिल्म ‘जय पर्शुराम’को नयाँ गीत रीलीज भएको छ । डा.हरि कृष्ण बरालको शब्दमा दिपक लिम्बु र अञ्जु पन्तको स्वरमा रहेको (मत हुन्छु….)बोलको गीत रिलीज भएको हो । रिलीज गरीएको उक्त गीतमा फिल्म ‘जय पर्शुराम’का लीड कलाकारहरु बिराज भट्ट र नीशा अधिकारीले फिचरीङ गरेका छन् । रिलीज गरिएको (मत हुन्छु..) बोलको गीत प्रेमप्रसंगलाई लिएर लेखिएको छ । जस्मा लीड कलाकारहरु बिराज र नीशाले पनि उक्त गीतको लय र मर्म सँगै अभिनयमा न्याय गरेका छन् ।
गीतको पहिलो सिनमा बिराज सेतो डे«सअपमा बग्गि चडेर आउँछन त्यस्तै निशा पनि सेतो ड्रेसमै किबोर्ड बजाईरहेकी दृश्य देख्न सकिन्छ । गीतको सबै सिनहरुमा बिराज निशाको ड्रेसअप पनि मिलाईएको छ । उनिहरुलाई सेतो, रातो र कालो ड्रेसमा सजिएका देखिन्छन् ।

ASDFSA
उक्त गीतको एउटा दृश्यहरुमा बिना पानी जमीनमै ढुङ्गा पनि देखाईएको छ । अन्य गीतहरुको तुलनामा ‘जय पर्शुराम’को (मत हुन्छु…) बोलको गीतको शब्द तथा दृश्यलाई बिभिन्न सेटहरु लगायर खिचिएको देखीन्छ ।
यहि श्रावणको २८ गते दर्शक माझ रिलीज हुँदै गरेको ‘जय पर्शुराम’लाई मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा एनबी महर्जनले द्धन्द निर्देशन गरेका छन ।

SAFGA

LIVE TV