९ श्रावण २०७३, आईतवार

मोरङ र सुनसरीको सिमावर्ती केशलिया खोलामा आएको बाढीले विराटनगरका केही क्षेत्र डुबानमा परेको छ ।


केशलिया खोलाको बाढी विराटनगर वडा नं. १६ सिमरिया टोलमा पस्दा करिब ५० परिवार विस्थापित भएका छन् । शनिवार अपरान्ह देखि बाढी गाँउमा पसेपछि त्यस क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई स्थानीय बखरी निम्न माध्यमिक विद्यालयमा सारिएको छ । उनीहरुलाई नेपाल प्रहरीले चिउरा, भुजा र चाउचाउ लगायतका राहत सामग्री उपलब्ध गराएको छ ।
लगातारको वर्षापछि आएको बाढीले त्यस क्षेत्रमा लगाइएको धान बालीमा समेत पूर्ण रुपमा क्षति पुगेको छ ।

LIVE TV