९ श्रावण २०७३, आईतवार

खोलाले बगाएर गुल्मीमा आज एक बालकको मृत्यु भएको छ ।

इस्मा दोहोली–५ निवासी १८ वर्षीय सन्देश रिजालको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले बताउनुभयो ।

आज बिहान घरबाट पौदीअमराईस्थित मामाघर जान भनी हिँडेको अवस्थामा खोला तर्ने क्रममा उनलाई निस्ती खोलाले बगाएको थियो । रासस

LIVE TV