९ श्रावण २०७३, आईतवार

खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यलय काठमाडौले मिनिरल वाटर्स उत्पादन कम्पनीहरुमा संयुक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले केही कम्पनीहरुलाई अर्को आदेश नआएसम्म उत्पादन नगर्न निर्देशन दिएको छ ।


टोलीले आइतवार चाल्नाखेलस्थित ४ वटा मिनिरल वाटरसम्वन्धी कम्पनीहरुको संयुक्त अनुगमन गरेको हो । त्यसक्रममा केही कम्पनीहरुमा सफाइ सन्तोषजनक देखिए कागजात लगायतमा केही कमजोरी देखिएको टोलीका निरीक्षक खाद्य अनुसन्धान नारायणप्रसाद भट्टराईले बताउँनुभयो । उहाँले आवश्यक सुधार गरेरमात्र उत्पादन गर्न निर्देशन दिएको जानकारी समेत दिनुभयो ।
टोलीले रेवर्ट, चण्डेश्वरी र हिमालयन मिनिरल्स वाटर लगायतका कम्पनीहरुमा अनुगमन गरेको थियो ।

LIVE TV