९ श्रावण २०७३, आईतवार

सशस्त्र प्रहरीको एपीएफ क्लव काठमाडौंमा जारी राष्ट्रिय महिला छनौट क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मध्य पश्चिमाञ्चल माथि ९ विकेटको शानदार जित हात पार्दै एपीएफ फाईनलमा प्रवेश गर्दा सुदुर पश्चिमाञ्चलले पश्चिमाञ्चललाई ८ विकेटले पराजित गरेको छ ।


कीर्तिपुर स्थित टियु मैदानमा आईतबार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले निर्धारीत २० ओभरमा ३ विकेटको क्षतिमा ९१ रन बनाएकोे थियो । पश्चिमाञ्चलका लागि ईन्दू बर्माले ४३ रनको योगदान दिएकी थिईन् । यता ९२ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको सुदुर पश्चिमाञ्चलले १९ ओभरमा दुई विकेटको क्षति पाएको लक्ष्य पूरा ग¥यो । सुदुर पश्चिमाञ्चलका लागि रोशनी बोहराले नटआउट ३६ रन बनाउदा कविता जोशिले २५ रन बनाएका थिए । सुदुर पश्चिमाञ्चलकी रोशनी बोहरा विमेन अफ द म्याच घोषित भईन् । त्यस्तै आईतबारनै भएको दोस्रो खेलमा एपीएफले मध्य पश्चिमाञ्चललाई ९ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्य पश्चिमाञ्लले ८ विकेटको क्षतिमा ६४ रन बनाएको थियो । मध्य पश्चिमाञ्चलका लागि लक्ष्मी चौधरीले २२ रनको योगदान दिदा बलिङतर्फ सरिता मगरले तीन विकेट लिएकी थिईन् । ६५ रनको लक्ष्यलाई पछ्याउदै ब्याटिङ गरेको एपिएफले ११ दशमलव २ ओभरमा मात्र एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा ग¥यो । एपिएफका लागि तृष्णा सिहले २७ रन बनाईन् । यो जित सगै एपिएफ फाईनलमा पुगेको छ । एपिएफकी सिता राना मगर विमेन अफ द म्याच बनिन् । विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि महिला राष्ट्रिय छनोट क्रिकेट प्रतियोगिता भईरहेको हो , प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसीसी महिला विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन् । यसै प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण शिविरको आयोजना गरिनेछ र राष्ट्रिय टोली तयार पारिनेछ ।

LIVE TV