९ श्रावण २०७३, आईतवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् ।
आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा भुटानी डिके आचार्य बाहेक सबै चिकित्सक आआफ्ना प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आइसकेका छन । उनीहरुको प्रमाणपत्र छानबिन सम्बन्धित निकायले गर्ने भनिएको छ । रासस

LIVE TV