८ श्रावण २०७३, शनिबार

दाङको लमहीमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

घोराहीबाट लमहीतर्फ आउँदै गरेको रा१ख ४५५ नंको माइक्रोबस पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–११ रातोडाँडामा दुर्घटना हुँदा सिसहनिया–६ का १२ वर्षीय नीरज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका १९ जना यात्रुलाई कोहलपुर, घोराही र लमहीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । रासस

LIVE TV