८ श्रावण २०७३, शनिबार

नवलपरासीमा नारायणी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् ।


त्रिवेणी सुस्ता–४ का ५० वर्षीय विक्रम पासीलाई नारायणी नदीले बगाएर बेपत्ता बनाएको प्रहरीेले जनाएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदीमा खस्दा पासी नदीमा डुबेर बेपत्ता भएका हुन् ।

यसैगरी नारायणी नदीमा आएको बाढीले नवलपरासीको गण्डक बाँधको ठोकर नम्बर १३ का स्परहरु ९ब्लकहरु० भत्काएपछि भारतीय पक्षले सोको मर्मत सुरु गरेको छ ।

ठोकर न। १३ मा बाँधको संरक्षणका लागि बनाइएको अधिकांश सिमेन्टका ब्लक ९स्पर० बाढीले बगाएपछि सोको संरक्षण गर्न भारतीय पक्षले तत्कालै स्परहरुको मर्मत सुरु गर्न थालेको हो ।

ठोकर कटान रोक्नका लागि भारतीय सिँचाइ विभागले तार जालीमा ढुङ्गा भर्ने काम गरिरहेका छन् । त्रिवेणी ब्यारेज पुलबाट पछिल्लो समयमा दुई लाख ७२ हजार क्युसेक पानी प्रतिसेकेड मापन गरिएको छ ।

लगातारको वर्षासँगै नदीले करिब १५ मिटर ठोकर कटान गरिसकेकाले स्थानीयले बाँध पूर्णरुपमा भत्किने डरले त्रसित बनेका छन् । ठोकर कटान गरेपछि स्थानीय प्रशासनले गाउँलेलाई सजग रहन सूचित गरिसकेको छ ।

ठोकर कटान बढेसँगै नर्सही, पक्लिहवा, गुठीप्रसौनी, गुठीर्यपुरालगायत नवलपरासीका दक्षिणी भेगका एक दर्जनभन्दा बढी गाविस डुवानमा पर्ने खतरामा छन् ।

त्यस्तै नारायणी नदीमा अहिले पानीको बहाव ७ दशमबल २२ मिटर मापन गरिएको छ । नारायणी नदीमा ७ दशमबल ३ मिटर पानीको वहाव मापन गरिए खतराको सङ्केत मानिन्छ । रासस

LIVE TV