८ श्रावण २०७३, शनिबार

नेपाल भेट्रान्स टेबल टेनिस संघको आयोजनामा प्रथम दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस प्रतियोगिता शनिवारदेखि काठमाडौमा सुरु भएको छ । तीन दिने प्रतियोगीताको पहिलो दिन लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।


लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगिताको लिग चरणको पहिलो खेलमा भारतको वर्चश्व रह्यो । भारतले ५० वर्षको उमेर समुहमा नेपाल, माल्द्धिभ लगायतका राष्ट्रलाई सजिलै पराजित गरेको छ । प्रतियोगितामा नेपालका २४, भारतका ४०, पाकिस्तानका दुई, माल्दिभ्सका ६ र बंगलादेशका चार खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष ४० वर्षमाथि र ५० वर्ष माथि टिम र एकल तथा महिला ५० वर्ष माथि एकल विधामा प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिता अन्तरगत आईतबार सेमिफाईनलका खेलहरु हुनेछन् ।

LIVE TV