७ श्रावण २०७३, शुक्रबार

ब्राजिलको रियो दि जेनेरियोमा दुई सातापछि सुरु हुने ३१ औं ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई नेपाली सेनाले शुभकामनासहित विदाई गरेको छ । सेनाले खेलाडीहरुलाई हौसला स्वरुप नगद सहयोग पनि उपलब्ध गराएको छ ।
ब्राजिलको रियोमा हुने ३१ औं ओलम्पिकमा नेपालको तर्फबाट विभिन्न पाँच खेलमा सात जना खेलाडी र ५ जना प्रशिक्षक सहभागी हुँदैछन् । शुक्रबार नेपाल आर्मीले आर्मी अफिसर्स क्लबमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ओलम्पिकमा सहभागीता जनाउने विभिन्न खेलका खेलाडी र प्रशिक्षकहरुलाई नगद २५ ÷ २५ हजार रुपैयाँ, ट्रयाकसुट सहित दोसल्ला ओढाएर शुभकामना दिदै बिदाई गरेका थियोे ।
विदाई कार्यक्रममा खेलाडीहरु जुडोकी फूपू ल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, आर्चरीका जितबहादुर मोक्तान, पौडीका गौरिका सिह र शिरीष गुरुङ र एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई उपस्थित रहेका थिए । कार्यक्रममा सम्बन्धित खेलका ५ प्रशिक्षकको पनि उपस्थिति रहेको थियो ।

LIVE TV