७ श्रावण २०७३, शुक्रबार

विद्यालयका वालवालिकाहरु त्रास रहित वातावरणमा निर्धक्क भएर ज्ञान आर्जन गर्न सक्छन् । तर पर्वतको पाङस्थित मालढुङ्गाका विद्यार्थीहरुले यस्तो वातावरण पाउन सकिरहेका छैनन् । उनीहरु पहिरोको त्रासमा बसेर अध्ययन गर्न विवश छन् ।
पर्वतको पाङस्थित मालढुङ्गाको यो श्रमिक प्राथमिक बिद्यालयमा कक्षा ३ सम्म अध्यापन गराइन्छ । ३८ जना बालबालिका अध्ययनरत बिद्यालयमा श्रमिकका बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । २०६६ सालमा स्थापना भएको बिद्यालयमा ३ बटा कक्षा कोठा र एउटा शिक्षकहरु बस्ने छुट्ै भबन छ । तर कक्षा कोठा फराकिलो भएपनि बिधार्थीहरु भने कोठाको एकै छेउमा बसेर पढ्न बाध्य भएका छन् । कारण हो स्कुलमाथिको डाँडाबाट बेलाबेलामा खस्ने पहिरो । गतबर्ष साउन २ गते बिद्यालय देखि झण्डै २ सय मिटर माथिबाट खसेको पहिरोले बिद्यालयको भित्ता र छानामा ठाउँठाउँमा प्वाल पारेको छ । सोहि पहिरोले यहाँको बस्तीका २७ घर समेत पुरेको थियो । यो ठाउँमा गतबर्षको साउन देखि अहिले सम्म पटक पटक पहिरो आउँदा बिद्यार्थीहरु भागेर बाँचेको बिद्यालयका शिक्षक शारदा सुबेदीले बताउनुभयो । आफुहरुले शिक्षा कार्यलयमा आग्रह गरेपछि भबन अन्यत्र निमार्ण गरे रकम दिने प्रतिबद्धता आएपनि जमिन अभावमा अन्यत्र सार्न नसकिएका शिक्षक सुवेदीले जानकारी दिनुभयो ।
पहिरोको कारण बिद्यालयनै जोखिममा परेको बिद्यालयका प्रध्यानाध्यापक तेजेन्द्र आचार्यले बताउनुभयो ।
उहाले जमिन भएपनि पहिरोकै कारण भबन निमाणर््ा गर्न नसकिएको बताउनुभयो । राज्यले बाहिर जग्गा उपलब्ध गराउन नसकेको भन्दै बिद्यालयको लागि जग्गा दाता र चन्दा दताहरु समेत यो ठाउँमा अहिले सम्म नआएको उहाको गुनासो छ ।
पटक पटकको पहिरोका कारण अभिभाबकहरुले बिद्यार्थीहरुलाई बिद्यालय समेत पठाउन मानेका छैनन् ।
बिहान बेलुका मजदुरी गरेर छाक टार्न मजदुर परिबारका बालबालिका पढ्दै आएको बिद्यालयमा ३ कक्षा सम्म मात्रै पढाई हुने भएपनि यहाँका अधिकांश बालबालिका माथिल्लो कक्षा पढ्न बाहिर जान नसक्ने हुदा गाउँमै बसेर दिन बिताउँदै आएका छन् ।

LIVE TV