७ श्रावण २०७३, शुक्रबार

सडकको वस्तारको काम र बेला बखतमा खस्ने पहिरोले आजित बनेका छन् ,यात्रुहरु । प्रत्येक दिन व्यस्त रहने नारायणगढ–मुग्लिङ सडक समयमा नै निर्माण नहुँदा यात्रुहरु दिनहुँ सकस पुर्ण यात्रा गर्न विवश छन् । दैनिक तीन चार घण्टाको अवरोधकाबीच यात्रा गरिरहेका छन्, यात्रुहरु । तर, सरकार भने यस विषयमा जानकारविहीन झै बनेको छ । करिव तीन महिना देखि लगातारको सडक निर्माणको काम समयमै नसक्दा यो समस्या वर्षा महिनामा आएर झनै बल्झदो छ ।
यो नारायणगढ–मुग्लिङ सडकखण्डको दृश्य , जहाँ चट्टानहरु फोडेर सडक विस्तारको काम भइरहेको छ र यसको पछाडितर्फ सडक सञ्चालनमा आउने आशमा सवारीसाधनहरु लामबद्ध बनेर प्रतीक्षारत छन् ।
३ महिना लामो सडक निर्माणको काम समयमा नसक्दा वर्षामा पनि काम भइरहेको छ र जसले गर्दा सडकहरु चिप्लो हुनुका साथै माथिबाट निरन्तर खस्ने गरेको पहिरोले यातायात अवरुद्ध हुँदै आएको छ । यात्रुहरु पनि दिनहुँ यस्तै सडक भएर यात्रा गरिरहेछन् छन् । सडक निर्माणको लागि भनेर सवारी साधन रोक्ने काम तीन महिना देखि पूरा नहुँदा यात्रुहरु सरोकार वालाप्रति आक्रोश पोख्ने गर्दछन् । यहाँ एम्बुलेन्सहरु पनि सडक सञ्चालनमा आउँछ कि भनेर पर्खिरहेको देख्न पाइन्छ । बिरामी लिएर गएकाहरु नै यसरी जाममा बस्नुपर्दा निकै समस्यामा परेको गुनासो सुनाउछन् ।
राजधानीको लाइफलाइन मानिने यो सडकको काममा तीब्रता छैन । यस्ता आयोजनाहरु सिफ्टअनुसार काम हुनुपर्ने भए पनि यहाँको काम गराई परम्परागत नै छ । अझै पनि धेरै ठाउँको पहाडी चट्टान खोस्रनेबाहेक अन्य केही काम भएको देखिदैन । कतिपय ठाउँमा त चट्टान फुटाउने काम सुरु भएकै छैन । यात्रुहरु दिनहुँ यस्तै यात्रा गर्दै हैरानी खेप्दै उपत्यका भित्रीन र बाहिरिन बाध्य छन् । सडक ४ लेनको बनाउने नाममा सुरु भएको सडक विस्तार योजना यतिखेर काठमाडौं भित्रने र वाहिरिने यात्रुका लागि सकसको सडक बनेको छ ।

LIVE TV