७ श्रावण २०७३, शुक्रबार

लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ परेका दुई जनालाई आज कारागार चलान गरिएको छ ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि भक्तपुर सूर्यविनायक–४ बस्ने १८ वर्षीय महेन्द्र तामाङ र मकवानपुरको हेटौँडा–५ बस्ने १८ वर्षीय डोरमणि चौलागाईंलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ २९ गते प्रहरीले विराटनगर–१५ बाट दुवै जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो । रासस

LIVE TV