७ श्रावण २०७३, शुक्रबार

शुक्रबार उत्तरी इरानमा एउटा उच्च गतिमा रहेको ट्रकले रेलमार्ग पार गर्ने क्रममा रेललाई धक्का दिँदा कम्तिमा ३० जना घाइते भएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

afas

इरानको राज्य सञ्चालित इस्लामिक रिपब्लिक न्युज एजेन्सी ९आईआरएनए० ले प्रान्तीय सरकारलाई उद्धृत गर्दै शुक्रबार बिहान मजान दरान प्रान्त क्यासपियन सीतिर गइरहेको बेला दुर्घटनाग्रस्त भएको बताएको छ ।

घटनामा रेलमा यात्रारत १५० मध्ये ३० जना रेल यात्रु घाइते भएका छन् ।

दुर्घटना ट्रक ड्राइभरको लापरबाहीका कारण हुन पुगेको बताइएको छ । सडकमा ट्रक गुडिरहेका बेला ड्राइभरले फोनमा कुराकानी गरिरहेका प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

इरानमा सडक दुर्घटनाका कारण बर्सेनि २० हजार मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

शुक्रबार भएको दुर्घटना गाडी र रेल जुधी भएको यस वर्षको चौँथो दुर्घटना हो । रासस÷एएफपी

LIVE TV