६ श्रावण २०७३, बिहीबार

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्धन्दकालमा बेपत्ता भएका व्यक्तिको बिस्तृत छानविन गर्न छानविनको खाका तयार पारेको छ । आयोगले छानविन र तथ्याङक संकलन गर्न एन्टिमोर्टम फारम तयार गरेको हो ।


२७ सय ८२ उजुरी परिसकको आयोगमा आयोगले प्रारम्भिक छानविन सुरु गरिसकेको जनाएको छ । सरकार र तत्कालीन विद्रोही माओवादीका बीच भएको दश वर्षे शसस्त्र द्धन्दका क्रममा वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोग गठन गरिएको हो । छानविनको कामलाई प्रभावकारी वनाउन विश्वमै पहिलो पटक एन्टिमोर्टम प्रविधिको प्रयोग गर्न लागेको आयोगले दावी गरेको छ ।
आयोगले आफ्नो काम प्रभावकारी ढंगले अगाडि वढाइरहेको आयोगले जनाएको छ । वेपत्ता पारिएको व्यक्तिको छानविन गर्ने काम भनेको अनुसन्धानको विषयवस्तु भएको र यो छोटो समयमा सम्भव नरहेको आयोगले जनाएको छ । यदि आयोगलाई १० वर्ष समय दिइने हो भने आयोगले पीडितले चाहेजस्तै सवै वेपत्ता पारिएका व्यक्तिको छानविन सम्पन्न गरिसक्ने दावी गरेको छ ।  आयोगले अवको दुईमहिनामा आफुले गरेको कामको प्रभाव देखाउने समेत दावी गरेको छ ।

LIVE TV