६ श्रावण २०७३, बिहीबार

केही दिन देखिको लगातार वर्षाका कारण मोरङको सिंघिया खोलामा आएको बाढीले विराटनगर वडा नं. १ र २ तथा कटहरी गाविस वडा नं. ३ का २ सय ५० घर डुबानमा परेका छन् ।


खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुका घर डुबानमा परेपछि उनीहरु खोलाको डिलमा पाल टाँगेर बसेका छन् । विराटनगर वडा नं. १ को गंगा टोल, वडा नं. २ को सुकुम्बासी टोल र कटहरी वडा नं. ३ को टाइगर टोलका घरहरु डुबानमा परेको स्थानीयहरुले जानकारी दिएका छन् । बिहान काममा गएको बेला एक्कासि खोलामा बाढी आएकाले घर भित्र रहेको लत्ताकपडा र भाँडाकुडा बगाएर लगेको पीडितहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको पूर्वमा रहेका घरहरु डुबानमा परेको भएपनि प्रहरी प्रशासनले उद्धारमा नसघाएको बाढी पीडितहरुको गुनासो छ ।

LIVE TV