६ श्रावण २०७३, बिहीबार

चिनियाँ नागरिकको औषत आयु बढेको समाचार छ । सन् २०१० पछि चिनियाँ नागरिकको औषत आयु बढेको पाइएको छ ।

सन् २०१५ मा गरिएको सर्वेक्षणमा चिनियाँ नागरिकको आयु दर बढेर ७६।३४ वर्ष पुगेको पाइएको छ । सन् २०१० को तुलनामा यो आयु बढेको हो ।

सन् २०१० को तुलनामा गरिएको सर्वेक्षणमा सन् २०१५ मा १।५ वर्ष बढेको हो । बिहीबार सार्वजनिक गरिएको तथ्यांकमा सो जानकारी दिइएको छ ।

साथै चीनमा शिशु मृत्युदरमा पनि कमी आएको छ । सन् २०१४ मा यो ०।८९ जना रहेकोमा सन् २०१५ मा यसमा कमी आएर ०।८१ जना पुगेको छ ।

शिशु मृत्युदरजस्तै चीनमा मातृमृत्यु दरमा पनि कमी आएको छ । मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा २१।७ रहेकोमा यसमा कमी आई २०।१ पुगेको छ ।

मातृमृत्यु दर एक लाखमा मापन गरिन्छ । बच्चा जन्माउने प्रतिएक लाख आमामा कतिजना मर्छन् भनेर मापन गर्ने गरिन्छ ।

LIVE TV