६ श्रावण २०७३, बिहीबार

काठमाडौं, निर्देशक मिलन चाम्सको फिल्म ‘बिर बिक्रम’को अडियो रीलीज भएको छ । आयोजीत एक कार्यक्रममा फिल्मका युनिट र पत्रकारहरुको बीचमा उक्त ‘बिर बिक्रम’फिल्मको तीन वटा अडियो सहितको सिडी बिमोचन गरीएको हो । यसै कार्यक्रमको बीचमा फिल्मका दुई वटा भिडियो र ट्रेलर पनि देखाईयो ।

vlcsnap-2016-07-21-19h59m39s183
‘बिर बिक्रम’फिल्मको अडियो बिमोचन कार्यक्रममा फिल्मका निर्देशक मिलन चाम्स,कलाकारहरु दया हाङ राई,अनुप बिक्रम शाही,नाजीर हुसेन,अर्पण थापा,गायक राजेश पायल राई,कोरीयोग्राफर रेनेशा राई,संगीतकार तारा प्रकाश लिम्बु लगाएतका फिल्मको युनिट उपस्थित थिए, भने फिल्मकी लीड नायिका दिया पुन भने लण्डनमा रहेकी हुनाले उक्त कार्यक्रममा उपस्थित हुन नसकेकी फिल्मका युनिटले जानकारी गराए ।

vlcsnap-2016-07-21-20h03m21s72
कार्यक्रममा उपस्थित फिल्मका निर्देशक चाम्सले ‘बिर बिक्रम’अर्गानीक फिल्म रहेको बताएका छन् । उनले हँसिया फिल्म नेपालमा नचले पनि नेपाल बाहीरको शोले आफ्नो ब्राण्ड नै बनाईदिएको पनि बताए ।
vlcsnap-2016-07-21-20h00m43s68
‘बिर बिक्रम’फिल्मलाई चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मलाई तारा प्रकाश लिम्बुले संगीतबद्ध गरेका हुन् । भन,े फिल्मको कथा याम थापाले लेखेका हुन् । कार्यक्रमका प्रमुख अतिथी बिकास बोर्डका अध्यक्ष राज कुमार राईले फिल्म ‘बिर बिक्रम’को सफलताको शुभकामना दिँदै अन्तराष्ट्रिय स्तरको फल्महरु बन्नु पर्ने अहिलेको आवश्यकता रहेको बताए ।
भदौको ३ गतेबाट दर्शक सामु प्रदर्शनमा आउँदै गरेको ‘बिर बिक्रम’फिल्ममा दयाहाङ राई,दीया पुन,नाजीर हुसेन,अर्पन थापा,अनुप बिक्रम शाही,शिशिर राना लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको अडियो सार्वजनीक कार्यक्रममा उपस्थित सबै कलाकारहरु आफ्नो भनाई पनि राखे ।
फिल्म बिर बिक्रमका निर्माण पक्षले केहि साता अघि लण्डनमा रेड कार्पेट प्रिमियर पनि गरेको थियो । उक्त प्रिमियरले निकै नै राम्रो प्रतिकृया पाएको पनि फिल्मका युनिटले जानकारी गराए । कार्यक्रममा उपस्थित गायक राजेश पायल राईले उनको बिहेको बारेमा पनि सोधिएको थियो । उनले आफुले बिहे गर्ने तर पहिले आएको समाचार भने साँचो नरहेको बताए ।

vlcsnap-2016-07-21-20h01m03s1

vlcsnap-2016-07-21-20h02m29s84

LIVE TV