६ श्रावण २०७३, बिहीबार

fasdf
नोभेम्बर रेन र क्लासिक जस्ता दर्शकहरुको रोजाई तथा विभिन्न अवार्डहरुबाट अवार्डेड फिल्महरु निर्देशन गरीसकेका दिनेश रावतले आफ्नो पुरानै कलाकारहरु आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर अनटाईटल प्रोजेक्ट गर्ने पक्का जस्तै भएको छ । त्यसोत, आर्यन र नम्रताको अनस्क्रीन जोडी दर्शकहरुको रोजाईमा पनि गर्ने गर्दछ ।
अहिले स्क्रीप्टको काम भईरहेको छ । जुन फिल्मको कथा अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा अवार्डेड फिल्म ’डायन क्याण्डल’ का लेखक तथा निर्देशक नरेन कुमार केसीले लेखिरहेका छन् । उक्त अनटाईटल प्रोजेक्टको अधिकांस शुटिङ थाईल्याण्डमा गरीने भएको छ । निर्देशक राउतकानुसार उक्त प्रोजेक्टको छायाङकन भने भदौको अन्त्यतीर सुरु हुने भएको छ ।
आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र बिएनएस ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई बिष्णु कार्कीले निर्माण गर्न लागेका हुन् । निर्देशक रावतले टिमअप मिल्ने भएको हुनाले आर्यन र नम्रता सँग पुनः टिमअप गर्न लागेको पनि बताउँछन् ।

LIVE TV