६ श्रावण २०७३, बिहीबार

अज्ञात समूहले काठमाडौंको आइडिएल मोडल स्कूलको बस आज बिहान स्वयम्भूमा आगजनी गरेको छ । बसबाट विद्यार्थीहरुलाई ओरालेर आगजनी गरेपछि त्यो समूह भागेको थियो । त्यही समूहले आजै बिहान राई स्कुलमा तोडफोड पनि गरेको थियो ।
प्रहरीले तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको परिचय भने खुलेको छैन । पक्राउ परेकाहरुले आफूहरु माओवादी केन्द्रबाट अलग भएको समूह भएको बताएका छन् । उनीहरुले आफु अखिल नेपाल विद्यार्थी युनियन केन्द्रका कार्यकर्ता भनेर चिनाउने गरेका छन् । यसैबीच माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले त्यस्तो समूह अस्तित्वमा नभएको र घटना प्रायोजित भएको बतानुभएको छ । काठमाडौंमा हाल आफूलाई माओवादी बताउने समूहले चन्दा असुली गर्ने, बिभिन्न व्यक्तिहरुलाई धम्क्याउने गरेको भनेर प्रहरीमा उजुरी परेको छ ।

LIVE TV