६ श्रावण २०७३, बिहीबार

 

पाँचथर,। अविरल वर्षाका कारण माथीबाट पहिरो खस्दा पाँचथरको प्राङबुङमा एक ब्यक्तिको घर पुरिएको छ ।

मङ्गलबार रातिदेखि परेको अविरल वर्षासँगै आज बिहान पहिरो खस्दा प्राङबुङ–३ बस्ने जीवन राईको घर तथा छिमेकी चन्द्र लिम्बुको भान्सा पुरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोले राईको ढुङ्गामाटोको जस्ताले छाएको घर भत्किँदा रु आठ लाख बराबरको क्षति भएको छ भने लिम्बुको बाँसको टाटीले बनेको भान्सा भत्किँदा रु २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस

LIVE TV