५ श्रावण २०७३, बुधबार

नेकपा ९एमाले० ले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकका कार्यसूची नल्याइए बैठक अवरोध गर्ने भएको छ ।

index

सत्ताको नेतृत्वमा रहेको दल एमाले संसदीय दलको आजको बैठकले पूर्ववत् कार्यसूची हटाइ अविश्वासको प्रस्तावलाई सभामुखले प्राथमिकता दिएकाले बजेट आश्रित विधेयकलाई प्राथमिकता नदिइए अवरोध गर्ने निर्णय गरेको हो ।

नेकपा ९माओवादी केन्द्र० र नेपाली काँग्रेससहितका दलले सरकार विरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको दलका सचेतक गोकुल घर्तीले जानकारी दिनुभयो ।
यसैबीच दलहरुबीच संसद्को कार्यसूचीमा विवाद उत्पन्न भएपछि सभामुखले अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । रासस

LIVE TV