५ श्रावण २०७३, बुधबार

पर्वत जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हुवास गाविसमा ईलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । कार्यालय स्थापना भएपछि जिल्लाको दक्षिणी भेगका वासिन्दालाई प्रशासनिक सेवा सुविधा लिन सहज हुने अपेक्षा गरिएको छ ।


भाडाको घरमा भए पनि इलाका प्रशासन कार्यालय स्थापना गरि ग्रामीण भेगका नागरिकलाई प्रशासनिक सेवा सुविधा दिन थालेको प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिण पर्वतमा विकासका सम्भावनालाई सेवाकेन्द्र स्थापनासँगै थप सहयोग मिल्नेछ । सेवा प्रारम्भको अवसरमा इलाका प्रशासन कार्यालय हुवासबाट २ वटा नागरिकता वितरण गरिएको थियो । हुवास गाबिसमा बस्ने अपाङ्गता भएकी बर्ष १८ कि चन्द्रकुमारी राना र उराम गाबिसकी मनिषा तिवारीले पहिलो नागरिकता लिएका थिए । पर्वतको दक्षिण क्षेत्रमा रहेका १६ गाविसलाई सेवा दिने उदेश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो । उक्त क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका बासिन्दालाई नागरिकता लगायतका प्रशासनिक सेवा लिन निकै सहज हुने भएको छ ।

LIVE TV