५ श्रावण २०७३, बुधबार

देशको अभिन्न अंग नै बनिसकेका कलाकारहरु अझैसम्म राज्यबाट उपेक्षित रहनुपरेकोमा सरोकारवालाहरुले गुनासो गरेका छन् । राज्यले कलाकारहरुको उचित सम्मान गर्न नचाहेको भन्दै सरोकारवालाहरुले आक्रोश समेत व्यक्त गरेका छन् । वुधवार काठमाडौमा गायक अरुण थापाको १७ औंस्मृति दिवस तथा सम्मान समारोहमा वक्ताहरुले  मुलुकको संस्कृति तथा कलाको संरक्षणमा दिलोज्यान दिई लागि परेका स्रष्टाहरुलाई वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सिंगो मुलुकको कलामा समर्पित कलाकारहरुको सम्झना र सम्मानमा समेत कुनै समुदाय विशेषले मात्र निरन्तरता दिनुले सरकारको प्राथामिकतामा नपरेको उनीहरुको गुनासो थियो । वाइट सञ्जोग लाफा
चोट के हो, व्यथा के हो, ऋतुहरुमा तिमी, मलाई नसोध जस्ता ख्यातीप्राप्त गीतहरुका गायक स्वर्गीय अरुण थापाको स्मृतिमा हरेक साउन ५ गते विभिन्न कार्यक्रमहरु आयोजना हुदै आएको छ । गायक अरुणको स्मृतिमा नेपाल मगर विद्यार्थी संघले हरेक वर्ष प्रदान गर्दै आएको अरुण स्मृति संगीत पुरस्कारवाट यस वर्ष लोक गायक कृष्ण थापामगर पुरस्कृत भएका छन् ।
विक्रम सम्वत् २००८ सालमा जन्मेका गायक अरुण थापाको निधन २०५६ साल साउन पाँच गते भएको थियो ।

LIVE TV