५ श्रावण २०७३, बुधबार


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने नयाँ सरकारको पहिलो चुनौती भनेको देशलाई एकताबद्ध बनाउनु र नयाँ संविधानलाई सबैले अपनत्व महसुस गर्ने वातावरण बनाउनु रहेको बताउनुभएको छ ।
बुधबार पार्टी कार्यालय पेरिशडाडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नयाँ सरकारको नेतृत्व गर्दा अवसर र चुनौती दुबै रहेको बताउदै त्यसमा आफनो पार्टी लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बिहीबार देखि संसदमा अविश्वासको प्रस्तावमाथि छलफल हुने र एउटा टुंगोमा पुग्ने भन्दैे माओवादीको नेतृत्वमा नयाँ सरकार बन्दा अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले यदि नयाँ सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएमा भूकम्पले भत्किएका सम्पदा र धरोहरहरुको पुर्नस्थापनामा तीव्र ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले जनताको विकास आकांक्षा सम्बोधन गर्ने र प्राकृतिक स्रोत साधनको सदुपयोग गर्ने नयाँ सरकारको  अर्को चुनौती भएको जिकिर समेत गर्नुभयो ।

LIVE TV