५ श्रावण २०७३, बुधबार

हाम्रो फिल्म इन्डष्ट्री सानो बजार भएको फिल्म इन्डष्ट्री भएता पनि फिल्महरुको निर्माण लाई हेर्ने हो भने अहीले तुलनात्मक रुपमा धेरै फिल्महरु निर्माण भइरहेका छन ।फिल्म निर्माण  फराकीलो हुदा माग भन्दा आपुर्ति धेरै भएपछि त्यसको नकारात्मक प्रभाब फिल्मको प्रदर्शनमा परेको छ ।हरेक साता जस्तो नयाँ फिल्म रीलिज भएका त छन नै अझ चाडपर्बको आसपासको रीलिज डेटमा त झन धेरै फिल्महरुको प्रतिस्पर्धा देखीएको छ ।

asdfas

भदौ सत्रमा पाँच फिल्मले रीलिजको तयारी गरेको रीपोर्ट हामीले गत साता यहाँहरु समक्ष प्रस्तुत गरेका थियौ ।यही श्रावण महीनाको २१ गतेको भिडन्त पनि दमदार हुने संकेत देखीएको छ ।आउदो श्रावण २१ गते फिल्म प्रतिबिम्ब,रेलिमाई,सुन्तलीलाई भगाई लग्यो झील्के ले र एक पल फिल्म भिड्ने भएका छन ।सानो बजार त्यसमा पनि काठमाडौ केन्द्रीत एकै पटक चार चार वटा फिल्म रीलिज हुदा हाम्रो फिल्मी बजारले धान्न नसक्ने पक्का छ ।फिल्म इन्डष्ट्रीको फिल्म रीलिजको बिगतलाई हेर्ने हो भने इन्डष्ट्रीमा पहुच भएका निर्माताहरुले आफ्नो फिल्मलाई राम्रो रीलिज डेटमा सोलो रीलिज गराउने वा प्रतिस्पर्धा भए पनि मुस्कीलले अर्को एउटा फिल्म संग मात्र जुध्ने गरी फिल्म हरु रीलिज गरीने गरीएका छन ।फिल्मी रीलिजको पर्खाइमा भएका दर्शक नै कन्फीउज हुने गरी यसरी फिल्म रीलिज गरीदा रीलिजमा आउने सबै फिल्मनै मारमा पर्ने देखीन्छन ।एकातिर फिल्म इन्डष्ट्रीको हीतको लागि दजर्नौै संस्थाहरु स्थापना हुनुका साथै सव्रmीय भए ता इन्डष्ट्रीलाई व्रिmयाशिल बनाउने निर्मातालाई जोगाउनको लागि कुनै पनि संस्थाले संस्थागत पहल गरेको देखीदैन ।निर्माता नै जोगियनन भने फिल्म निर्माणले निरन्तता पाउने सम्भाबना घट्दै जादा कालान्तरमा ति संस्थाहरुकै औचित्य समाप्त हुन पनि बेर लाग्ने छैन ।निर्मातालाई संरक्षण गर्नको लागि स्थापना गरीएको निर्माता संघनै सव्रmीइ नभइ दिदा निर्माताहरु डुबि रहेको आरोप निर्माताहरुलेनै लगाई रहेका छन ।यसरी फिल्मको प्रदर्शनमा भइरहेको भद्रगोललाई मिलाउनको लागि निर्माता संघनै सव्रmीय हुनु पर्ने भनाई धेरै निर्माताहरुको रहदै आएको छ । जुन उदेस्यको लागि संस्था स्थापना भएको हो त्यतै ध्यान कम जाने हो भने संस्थाको औचित्यको बारेमा प्रस्न चिन्ह खडा हुन सक्ने सम्भाबना छ ।त्यसैले सम्बन्धीत सरोकार वालाहरुले यता तिर ध्यान दिने हो भने संस्थाको साख त जोगिन्थ्यो नै प्रदर्शनमा देखीएको भद्रगोल पनि केही हद सम्म ब्यबस्थीत हुन्थ्योकी ।

LIVE TV