४ श्रावण २०७३, मंगलवार

मुलुकको एकमात्र राष्ट्रिय पुस्तकालय भुकम्पका कारण क्षतिग्रस्त बनेपछि यसको बिकल्प नखोजिँदा पुस्तकालय बन्द भएको छ । पुस्तकालयको ब्यबस्थापनमा सम्बधित निकायहरुले चासो नदिएका कारण पुस्तकालय बन्द हुन पुगेको हो ।

0
यो दृष्य राष्ट्रिय पुस्तकालयको पछिल्लो अबस्थाको हो । गत बर्षको महाबिनासकारी भुकम्पका कारण ललितपुरको हरिहर भवनमा अबस्थित राष्ट्रिय पुस्तकालय भवन क्षतिग्रस्त बनेपछि त्यहाँका पुस्तकहरु काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्चमाविको भवनमा राखिएकोे छ । यसरी बोरामा कोचेर राखिएका पुस्तकहरु बिग्रन सक्ने खतरा बढेसंगै बहुमूल्य पुस्तकहरूको ईतिहास गुम्ने खतरा पनि बढेको छ । अहिले केही पुस्तकहरु दराजमा राखिएको छ । तर ३ हजार पुस्तक अझै उही हालतमा छन् । यता पुस्तकालय बन्द भएपछि पुस्तक पढ्न आउने पाठकहरुलाई समस्या परेको छ ।
एक वर्ष बितेपनि पुस्तकालयलाई पुनर्निर्माण गरी यथावत ढङ्गबाट चलाउने विषयमा सरकारी निकाय र स्वयम् प्रशासनको तत्परता देखिएको छैन । पुस्तकालय प्रशासनले भने यसबारे शिक्षा मन्त्रालयमा समन्वय भईरहेको बताएको छ ।
पुस्तकालयबाट आएका कुनै पनि प्रस्ताव पुरा गर्ने शिक्षा मन्त्रालको दावी छ । मन्त्रालयले जमलमा रहेको जग्गालाई त्रिभुवन विश्वविद्यालयबाट फिर्ता लिएर त्यहाँ भवन निर्माण गर्ने योजना बनाएको बताइएको छ ।
शिक्षा मन्त्रालय र स्वयम् प्रशासनले काम अगाडी बढाउने पहल गरिरहेको भनिए तदारुकताका साथ काम हुन्छ भन्ने विश्वास गर्न सकिदैन । भुकम्प गएको १ बर्ष बितिसक्यो । यो एक वर्षमा न पुनर्निर्माणको प्रकृया अघि बढेको छ न ब्यबस्थापनकै ।
६० वर्ष लामो इतिहास बोकेको राष्ट्रकै एकमात्र ऐतिहासिक पुस्तकालयलाई जोगाउनु सरकार र पुस्तकालय स्वयमको दायित्व हो । विभिन्न बहना बाजी गरेर पन्छिनु भन्दा दुबैले सहकार्य गरेर काम अघि बढाउनु अनिवार्य छ ।

LIVE TV