४ श्रावण २०७३, मंगलवार

डा. गोविन्द केसीको अनसन पछि सिङगो चिकित्सा क्षेत्र दुई खेमामा विभाजित भएको छ । एकथरि चिकित्सकहरु डा. केसीको अनसनमा एक्यवध्यता जनाइरहेका छन् भने अर्कोथरि चिकित्सकहरु केसीको विरोधमा हात धोएर लागेका छन् ।

Dr.Gobinda-KC1
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गरेर एशोसिएसनले चार सुत्रिय माग राखेर आमरण अनसन बसेका डा. गोविन्द केसीले निजी मेडिकल कलेज सञ्चालहरु विरुद्ध अनेकौं भ्रम सिर्जना गरेको आरोप लगाएको छ । निजी मेडिकल कलेजका मागप्रति सरकारले वेवास्ता गरे कडा कदम चाल्ने समेत एशोसिएसनले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजलका अध्यक्ष डा. भोला रिजालले विदेशमा विद्यार्थी पठाउन सक्रिय गिरोहको उक्साहटमा लागेर डा. केसी पटक पटक अनसन बस्ने गरेको आरोप लगाउनुभयो ।
उहाँले चिकित्सा शिक्षा क्षेत्रको सुधारका नाममा मेडिकल कलेजहरुको सिट संख्या कटौती गर्नुपर्ने डा. केसीको मागले स्वदेशमै विद्यार्थीले पढ्न पाउने अधिकारलाई रोक्न खोजेको टिप्पणी गर्नुभयो । डा. रिजालले केसीले करोडौं लगानी गरेका निजी मेडिकल कलेज तथा तिनमा आश्रित हजारौंको रोजीरोटीमाथि धावा बोलेको पनि आरोप पनि लगाउनुभयो ।
निजी मेडिकल कलेजका मागप्रति वेवास्ता गरे कडा कदम चाल्ने समेत एशोसिएसनले चेतावनी दिएको छ ।

LIVE TV