४ श्रावण २०७३, मंगलवार

उदयपुर सदरमुकाम गाईघाट र जिल्लाको पूर्वी प्रमुख व्यापारिक नाकाको रुपमा रहेको बेल्टार बजार जोड्ने बरुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर २ र ४ मा रहेको बरुवा खोलामा पुल निर्माण भएपछि सर्वसाधरण यात्रुहरु हर्षित भएका छन् ।

index

वैकल्पिक राजमार्ग अन्तर्गतको धरान चतरा, गाईघाट कटारी, सिन्त्रुली हेटौडा सडक योजना अन्तर्गत पर्ने बरुवा खोलामा पुल निर्माण सम्पन्न भएको हो । २०६९ जेठ २८ गते हरी हरी एपेक्स जेभी कम्पनीकोसंग गरिएको सम्झौता अनुसार गत जेठ अन्तिममा पुल निर्माण सम्पन्न भएपछि यस सडकमार्ग हुदै यात्रा गर्ने यात्रुहरु हर्षित भएका हुन् ।

कुल ६ करोड २२ लाख ५६ हजार नौ सय ४४ रुपैयामा निर्मित आरसिसि ब्रिजको रुपमा रहेको उक्त पुल दुई सय ५ मिटर लम्वाई र ८ स्पानयुक्त छ् । पुल निर्माण कार्य सम्पन्न भए संगै बर्षातको समयमा अन्य समयमा सास्ती झेल्दै आउनु परेका सर्वसाधरणहरु सहज रुपमा यात्रा गर्न पाउदा खुसी भएका छन् । बर्षातको समयमा खोलामा बाढिको बाहाव बढ्दा बरुवा खोलाका कारण यातायात आवगमनमा समस्या हुने गरेको थियो ।

नेपाल सरकार र एसियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

LIVE TV