
मुगु जिल्लाको लागि आव ०७२।०७३ को लागि बिनियोजन गरिएको चालु तर्फको कुल बजेट १ अर्ब २३ करोड २२ लाख रुपैयाँ मध्ये ७ करोड २६ लाख भन्दा बढी रकम फ्रिज भएको छ । विनियोजन भएको बजेट समेत खर्च हुन नसक्दा जिल्लामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयहरुको गुनासो छ ।
जिल्लााका लागि पूँजीगत तर्फ ३८ करोड ६८ लाख ८६ हजार भन्दा बढी रकम बिनियोजन भए पनि ३४ करोड ३५ लाख २१ हजार रुपैयाँ मात्र खर्च भएको छ । पूँजीगत तर्फ झण्डै ४ करोड ३३ लाख ६४ हजार रुपैयाँ भने फ्रिज गएको छ ।
आर्थिक बर्षमा बढी रकम फ्रिज भएका कायालयहरुमध्ये जिल्ला स्वास्थ्य कार्यालय,जिल्ला बिकास समितिको कार्यालय,प्राबिधिक कार्यालय ,सिचाई कार्यालय,खानेपानी कार्यालय रहेका छन् । यस्तै बिकेद्रिन्त ग्रामीण पूर्वाधार तथा जिबिकोपार्जन सुधार कार्यालय, जिल्ला कृषि कार्यालय ,पश सेवा कार्यालय ,जिल्ला शिक्षा कार्यालयका बजेट पनि फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नन्दराम पाण्डेले जानकारी दिनुभयो ।
जिल्लामा रहेका २९ सरकारी कार्यालयहरुले मध्ये बढी निकासा रकम सबै भन्दा असार महिनामा भएको कोष तथा लेख नियन्त्रक कार्यालयकोले जनाएको छ ।
जिल्लामा कार्यालय प्रमुख नबस्नु, समयमा प्रत्येक चौमासिकमा हुने कार्याक्रमहरु समेत असार महिनामा लागु हुनु,बिकासे कार्यालयका बिकासे निर्माणका योजनाहरु तेस्रो चौमासिक वा बैशाख ,जेष्ठ र असार महिनामा योजना सम्झौता हुनु लगायतका कारणले जिल्लाको विकास प्रभावित हुने गरेको स्थानीयहरुको गुनासो छ ।